‘म यस्तो गीत गाउँछु २’ को गीत 'आफ्नै सम्झी परेली छुन्छौ' सार्वजनिक

काठमाडौँ l अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत 'आफ्नै सम्झी परेली छुन्छौ' सार्वजनिक गरिएको छ। गीतमा गायक सुरेश लामा र गायिका अस्मिता अधिकारीको आवाज रहेको छ भने गीतको भिडियोमा पल र पूजालाई देख्न सकिन्छ l 

सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय आदि कलाकारहरूको अभिनय रहेको छ l

चलचित्रमा शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ। चलचित्रमा कुल पाँच गीत रहेका छन् जसमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ। सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रफाल्गुन १३ गते बाट प्रदर्शनमा आउँदैछ l
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×