सर्वाधिक कमाउने खेलाडी मेस्सी

काठमाडाैँ - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन्।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन्।

मेस्सीले बास्केटबलका जेम्स लेब्रोनलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन्। फोर्ब्सको सूची अनुसार मेस्सीको आम्दानी १ सय ३० मिलियन अमेरिकी डलर रहेको छ। अमेरिकी बास्केटबल स्टार जेम्सको आम्दानी १ सय २१.२ मिलियन अमेरिकी डलर रहेको छ।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन्। चौंथो स्थानमा पीएसजीका फरवार्ड नेयमार रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×