पवनदीप र अरुणिताले नेपाली गीत गाउन धेरै मेहनत गरेः संगीतकार शिखर सन्तोष

काठमाडौँ - संगीतकार शिखर सन्तोष यतिबेला पुनः चर्चामा छन्। केही वर्षअघि आफ्नै संगीतमा भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरलाई गायक रामकृष्ण ढकालसंग ‘बाँचञ्जेलीलाई…’ गीत रेकर्ड गराएका संगीतकार शिखर सन्तोषले यतिबेला इन्डियन आइडल-१२ पवनदीप राजन तथा इन्डियल आइडल-१२ की उपविजेता अरुणिता कान्जीलालको स्वरमा दुई भिन्न नेपाली गीत रेकर्ड गराएका छन्।

हाल मुम्बईमा रहेका संगीतकार शिखर सन्तोषले कलाकर्मीसंगको कुराकानीको क्रममा पवनदीप तथा अरुणिताले नेपाली गीत गाउन धेरै मेहनत गरेको उल्लेख गरेका छन्।

मुम्बईस्थित गायक कैलाश खेरको कैलाशा स्टुडियोमा दुई नेपाली गीत रेकर्ड गरिएका हुन्। संगीतकार सन्तोषका अनुसार पवनदीपले एउटा एकल गीत तथा पवनदीप र अरुणिताले अर्को एउटा यूगल गीत रेकर्ड गरेका हुन्।

‘दुबै गीत निकै कर्णप्रिय बनेका छन्’, संगीतकार सन्तोषका अनुसार यी दुबै गीतहरु करिव एक महिनापछि सार्वजनिक गरिने छ।

‘पवनदीप र अरुणिताले राम्रोसंग समय दिएर नेपाली गीत सिकेपछि मात्र रेकर्ड गराएका हुन्, सन्तोषका अनुसार उनीहरुले गीतका शब्दहरुको मर्म बुझेर राति ११ बजेसम्म लगाएर गीत रेकर्ड गराएका हुन्। दुबै गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।

संगीतकार सन्तोषका अनुसार पवनदीपको स्वरको गीत म्युजिक नेपालबाट सार्वजनिक हुनेछ, जसका शब्दहरु आनन्द अधिकारीले रचना गरेका छन्। पवनदीप र अरुणिताको स्वरको यूगल गीतका शब्दहरु भने एसपी सापकोटाले रचना गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×