निर्देशनमा डेब्यु गर्दै शाहरुखका छोरा आर्यन

काठमाडौँ - बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान निर्देशनमा डेब्यु गर्दैछन्। उनले आफ्नो पहिलो प्रोजेक्ट घोषणा गरेका छन्।

सामाजिक संजाल मार्फत उनले आफ्नो प्रोजेक्टको लेखन कार्य पुरा भएको समेत जानकारी दिएका छन्। जसको लेखन उनी आफैले गरेका हुन्। उनले सामाजिक संजलामा लेखका छन्, ‘लेखन लगभग  सकिएको छ। सुटिङ सुरु गर्न अब पर्खिन सक्दिन।’ उनले रेड प्रोडक्शनको ब्यानरमा काम गर्न लागेका हुन्। उनले फिल्म वा वेव सिरिज के गर्न लागेको भने खुलाएको छैनन्।

आर्यनले प्रोजेक्ट सुरु गर्ने कुराले उनका फ्यान खुसी छाएको छ। केही फ्यानले करियर र प्रोजेक्ट दुबै सुरुवातका शुभकामना दिएका छन्।

-दैनिक भास्कर 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×