सिन्धुली - कमलामाई नगरपालिका–५ बोजे बस्ने ५४ वर्षीय रत्न बहादुर थापा मगरको करेन्ट लगेर शुक्रबार बेलुकी मृत्यु भएको छ।
आफ्नै खेतमा पानी लगाई मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।