माघ ३ देखि सार्वजनिक स्थलमा कोरोना खोप कार्ड अनिवार्य, माघ १५ सम्म स्कूल बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको सीसीएमसीकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पछिल्लो दिनमा बढ्दै गएको निष्कर्षका साथ बैठकले यो निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

यस्तै आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने निर्णय पनि बैठकले गरेको छ । विभिन्न सार्वजनिकस्थल कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय प्रवक्ता नेपालले बताउनुभयो । भ्याक्सिन लगाएको कार्ड मोबाइलमा खिचेर मोबाइलबाटै देखाएपनि हुने उहाँले बताउनुभयो । बैठकले यो निर्णय गृहमन्त्रालयमार्फत कार्यान्वयनका लागि सिफारिस गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×