नेपाली फिल्मको लागि शहीद हुन तयार छुः भुवन केसी

काठमाडौँ - चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आफू फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत तयार रहेको बताएका छन्। यसका लागि आफू जहाँसुकै जान सक्ने समेत उनले बताएका छन्।

बुधबार पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै उनी केही आक्रामक सुनिएका थिए। उनको यो आक्रामकता उनले धेरै पहिलेदेखि भन्दै आएको विदेशी फिल्मको नियन्त्रणतर्फ केन्द्रित रहेको अनुमान गरिएको छ।

उनले भने, ‘मेरो तन, मन, धन र मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान र विकासको लागि हो। यदि म एक जना भिक्टिम भएर, म एक जना शहीद भएर मेरो चलचित्र क्षेत्र मेरो कलाकारिता क्षेत्र मेरो कलाकार प्राविधिक साथी, मेरो देश भाषा र संस्कृति क्षेत्रको राम्रो हुन्छ भनेदेखि बरु म शहीद हुन तयार छु।’

भुवन केसीजस्तो वरिष्ठ कलाकार राजनीति नियुक्तिको आधारमा अध्यक्ष पदमा पुगेको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो जवाफ दिएका थिए। चाँडै गोलमेच सम्मेलन गर्ने र चलचित्रकर्मीको सुझाव संकलन गर्ने भुवनको योजना रहेको उनले बताएका छन्।

धेरै पटक उनले विदेशी फिल्मलाई कोटा लगाउनेदेखि नियन्त्रण गर्नेसम्मको अभिव्यक्ति दिंदै आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×