सचिनकी छोरी सारा बलिउडमा डेब्यू गर्ने तयारीमा

काठमाडौँ- सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन्। मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्। हाल, उनी एक व्यावसायिक मोडेल हुन्। र अभिनय पनि सिकिरहेकी छिन्।

साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन्। यसअघि उनले धिरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढाइ गरेको थिइन्। उनी २४ वर्षकी भइन्। उनको इन्स्टाग्राम खातामा १९ लाख भन्दा बढी फलोअरहरू छन्। जसमा बलिउड अभिनेता कार्तिक आर्यन, रणवीर सिंह, सारा अली खान, आलिया भट्ट र अन्य धेरै सेलिब्रेटीहरू छन्। साराले इन्स्टाग्राममा प्रायः आफ्नो ग्लामरस तस्विर, भिडियोहरु शेयर गर्छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×