पार्टीमा रुपान्तरण ल्याउन सकिएन : वरिष्ठ नेता पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन्। नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को आज खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताए। 

 “पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास गर्यौ तर केही साथीहरूका व्यक्तिगत आकाङ्क्षाका कारण पूरा हुन सकेन”, पौडेलले भने। वरिष्ठ नेता पौडेलले १४औँ महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिए। “सबै साथीहरू उठ्छौँ भनेपछि म प्रतिस्पर्धाबाट अलग रहे, उनीहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइन”, उनले भने, “१४औँ महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर आएको छैन।” वरिष्ठ नेता पौडेलले पार्टीमा जनताको आकर्षण बढाउन लाग्नुपर्नेमा सुझाव दिए। 

कांग्रेस जनताको बीचमा अपमानित भएको गुनासो गर्दै उहाँले पार्टीलाई सम्मानित बनाउनु आजको आवश्यकता रहेको तर्क गरे। देशको संसद्ले गति लिन नसकेको बताउँदै उनले जनताको जल्दाबल्दा समस्यामा सदनमा छलफल हुन नसकेको धारणा राखे। सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्नेमा पौडेलले जोड दिए। 

उनले मिलेनियम च्यालेन्ज कर्पाेरेसन्स एमसीसी पारित गर्नुपर्ने बताए। पौडेलले एमसीसी राष्ट्रघाती भएको भन्दै भ्रममा पार्न खोजिएको जिकिर गरे। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले पदस्थापन गरेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×