चिनियाँ विदेशमन्त्री वाङ यीले अफ्रिकी र एसियाली राष्ट्रको भ्रमण गर्ने

बेइजिङ। चिनियाँ विदेशमन्त्री वाङ यी केही अफ्रिकी र एसियाली राष्ट्रको भ्रमणमा जाने भएका छन्। उनले यही जनवरी महिनाको ४ तारिखदेखि ७ सम्म ती देशको भ्रमण गर्न लागेका हुन्। उनी अफ्रिकाका इरिट्रिय, केन्या, कोमोरोसको भ्रमणमा जान लागेका हुन्। चीनका विदेशमन्त्रीले नयाँ वर्षको सुरुमा अफ्रिकी देशहरुको भ्रमण गर्ने प्रचलन नै रही आएको बताइएको छ। त्यसपछि उनले दक्षिण एसियाली मुलुक श्रीलंका र मालदिभ्सको पनि भ्रमण गर्ने बताइएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले बिहीबार सो विषयमा जानकारी दिएका हुन्। बिहीबार सो मन्त्रालयको नियमित पत्रकार भेटघाट कार्यक्रममा विदेशमन्त्री यीको यस भ्रमणका बारेमा जानकारी दिएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×