जस्टिन बिबरलाई कोरोना संक्रमण

एजेन्सी। हलिउडका लोकप्रिय गायक जस्टिन बिबरलाई कोरोना संक्रमण भएको छ। शनिबार उनलाई कोरोना संक्रमण भएको उनको टिमले बताएको हो। हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको छ। उनलाई कोरोना भएपछी लस भेगासमा आयोजना हुन गइरहेको आइतबारको कार्यक्रम ‘जस्टिन वल्र्ड विल’ रद्द भएको छ।

पहिल्यै निर्धारित सो कार्यक्रम बाहेक बिबरको यो हप्ता अन्य दुई कार्यक्रमसमेत रहेको थियो। तर ति कार्यक्रम स्थगित भएको/नभएको बताईएको छैन। सञ्चारमाध्यमका अनुसार बिबरको समुहका अन्य सदस्यसमेत कोरोना संक्रमित भएका छन्। बिबरको लस भेगासको कार्यक्रम २८ जुनसम्म स्थगित गरिएको छ। 


२७ वर्षका बिबरले १२ वर्षको उमेरदेखि गायन यात्रा सुरु गरेका हुन्। खबरका अनुसार वेस्ट हलिउड, क्यालिफोर्निया आदि स्थानमा धेरै दर्शक माझ प्रस्तुति दिएका कारण उनलाई संक्रमण भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×