डिपाए पेनाल्टीमा चुक्दा नेदरल्याण्ड्स पोल्याण्डसँग बराबरीमा रोकियो

काठमाडौँ - मेम्फिस डिपाएले पेनाल्टी चुकाउँदा युईएफए नेसन्स लिगमा नेदरल्याण्ड्सले पोल्याण्डसँग २-२ को बराबरी खेलेको छ। अन्तिम समयमा पाएको पेनाल्टी अवसरमा मेम्फिस डीपाएले गोल गर्न चुकेपछि नेदरल्यान्ड्सले शनिबार राती युईएफए नेसन्स लिगमा पोल्यान्डविरुद्ध बराबरीमा चित्त बुझाउनु परेको हो। 

लुइस भान हालको नेदरल्यान्ड्स खेल भर हाबी भए पनि जित हासिल गर्न सकेन। पाहुना टोली पोल्यान्डले १८औं मिनेटमा म्याटी क्यासको गोलबाट अग्रता लिएको थियो। क्यासको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। ४९औ मिनेटमा पायोट जेलिनेस्की पोल्यान्डको अग्रता दोब्बर बनाएका थिए। 

डेभी क्लासेनले ५१औं मिनेटमा गरेको गोबलाट नेदरल्यान्ड्सले पुनरागमन गरेको थियो। नदरल्यान्ड्स डेन्जेल डम्फ्रिसले ५४औं मिनेटमा बराबरी गोल फर्काएका थिए। इन्जुरी समयमा डीपाएले पेनाल्टीमा गोल गर्न चुक्दा नेदरल्यान्ड्स जितबाट बञ्चित भयो। 

बराबरीपछि पनि ७ अंक जोडेको नेदरल्याण्ड्स लिग ए अन्तर्गत समूह डी कको शीर्ष स्थानमा रहेको छ। ४ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ।

यस बराबरीसँगै लिग ए समूह ४ को नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोडेको छ।नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा छ। पोल्याण्ड ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा  छ 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×