सार्वजनिक स्थलमा अपशब्द बोलेको भन्दै मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौँ- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन्। रेग्मीले मन्त्री आलेसहित नौ जनाविरुद्ध मंगलबार सर्वोच्चमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका हुन्।

सिइओ रेग्मीले दायर गरेको मुद्दामा सर्वोच्चले गत पुस १४ गते आफूलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो। आदेशको अर्को फैसला नै नआएको अवस्थामा बोर्ड सञ्चालक समितिले छानबिनको नाममा प्रतिवेदन बुझाउनुका साथै स्पष्टीकरणसमेत सोध्ने काम गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन्।

रेग्मीले दायर गरेको मुद्दामा पर्यटनमन्त्री आलेले आफूलाई सार्वजनिक स्थलमा अपशब्द बोलेर आफ्नो मर्यादामा समेत आँच पुगेको दाबी गरेका छन्।

बोर्डले सिइओ रेग्मीमाथि छानबिन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई फागुन २ गते पुनः बोलाएको छ।

रेग्मीले दायर गरेको मुद्दामा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्रप्रसाद रिजाल, सदस्यहरू पद्यादेवी पौडेल धमला, विप्लव पौडेल, डावाडिमा शेर्पा, कृष्णकुमार शाह, तारानाथ अधिकारी, होमप्रसाद लुइटेललाई विपक्षी बनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×