बीएण्डसी सम्बन्धी फैसलाप्रति गोविन्द केसीको आशङ्का

काठमाडौं । दुर्गा प्रसाईँको मेडिकल कलेजबारे सर्वोच्च अदालतले सोमबार गरेको फैसलाप्रति डा. गोविन्द केसीले आशङ्का व्यक्त गरेका छन् ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता समेत रहेका उनले फैसलाको अहिले सम्म पनि कुनै रूप नआएकाले यसबारे अनेक आशङ्का देखिएको बताए । 

केसीले सर्वोच्चको फैसलाको संक्षिप्त रूप नआउनु अराजकतालाई बल पुर्याउने काम हुन सक्ने बताएका छन् । उनले योे फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गरेको भन्दै आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुन दाबी समेत गरे ।

केसीले यही संदिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।

सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईँले आफ्नो बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश माग गर्दै दिएको रिट निवेदनमा रिट जारी हुने आदेश दिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×