पोखरा महानगर : गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

काठमाडौँ - स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्।

जारी मतगणनामा १८ हजार १ सय २० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ७ हजार ४ सय १४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ६ हजार ५ सय ४५ मत प्राप्त गरेका छन्। गठबन्धनका आचार्यले ८ सय ६९ मतले अग्रता हासिल गरेका हुन्।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ७ हजार ६ सय ३३ मतसहित अघि छन् भने  एमालेका मञ्जुदेवी गुरुङले ७ हजार ४ सय ३८ मतसहित उनलाई पछ्याएका छन्। 

महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन्। महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×