हरेक चुनावमा व्यक्तिले जिते तर जनताले कहिल्यै जित्न नसकेको लामिछानेको भनाइ

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक चुनावमा व्यक्तिले जिते तर जनताले कहिल्यै जित्न नसकेको बताएका छन्। 

बिहीबार राजधानीमा आयोजित पार्टीको वाचा पत्र सार्वजनिक कार्यक्रममा  उनले प्रमुख पार्टीहरुमा शीर्ष नेताको चाकडी गर्ने तर जनतामा नजाने प्रवृत्ति रहेको दाबी गरे। ‘प्रमुख दलमा शीर्ष नेताको चाकडी गर्ने प्रवृत्ति छ। त्यसो भएपछि जनताको सेवा गर्न जरुरी हुँदैन’, उनले भने, ‘हरेक चुनावमा एउटा उम्मेदवारले वा व्यक्तिले जितेको छ। तर नेपाली जनताले कहिल्यै जितेका छैनन्।’

उनले देशको ठूलो समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै बलियो प्रतिपक्षी हुँदा समस्या थप बढेको बताए। ‘प्रतिपक्षी बलियो नहुँदासम्म देश बन्न सक्दैन। यो देशमा प्रतिपक्षी दल छैन। जबसम्म प्रतिपक्षी हुँदैन, भ्रष्टाचार रोकिन सक्दैन’, उनले भने। 

लामिछानेले पार्टीलाई लोकतान्त्रिक बनाउने कोसिस गरिरहेको पनि बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×