लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

लमजुङ - दसैंको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी  घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। सँगै गएका ५ जनामध्ये ३ जना भेडी गोठमा बसिरहेका छन्। मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन। 

लमजुङको बेंसीशहर नगरपालिका १०, साँधुका २६ वर्षीय दयासागर योन्जनको मृत्यु भएको हो। उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन छन्।

उनीहरूको खोजी कार्यमा जुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमान्‌को मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य ३ जनाले बताएका छन्। शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करीब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको विकले बताए।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मेमे पोखरी घुम्न गएका युवकलाई लेक लागेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको र टाप गाउँका युवाहरूलाई उद्धारका लागि पठाएको बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×