तनहुँ - क्यान्सरपीडित व्यवसायी बरुण भट्टराईको उपचारका लागि उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ। सङ्घ विमलनगर एकाइमा आबद्ध भट्टराईको उपचारमा सहयोग पुर्याउन सहयोग गरिएको हो।
उक्त रकम सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शनिबार एकाइ सभापतिमार्फत हस्तान्तरण गरे। क्यान्सरपीडित भट्टराईको काठमाडौँमा उपचार भइरहेको छ। व्यवसायीलाई दुःख परेका बेला केही राहत होस् भन्नका लागि सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए। सङ्घले स्थापना गरेको भलाई कोषमार्फत उक्त रकम सहयोग गरिएको हो। सो कोषमार्फत सङ्घले बिरामी भएका व्यवसायी र मृत्यु भएका व्यवसायीका परिवारलाई सहयोग गर्दै आएको छ।