आईपीएल : लखनउलाई पराजित गर्दै बैंगलोर उक्लियो दोस्रो स्थानमा

काठमाडौँ - कप्तान फाफ डुप्लेसिसको ९६ रन तथा जोश हाज्लेउडको चार विकेटप्रेरित रोयल च्यालेन्जर्स बैंगलोरले मंगलबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्टलाई १८ रनले हराएको छ। 

जितसँगै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ। बैंगलोर र गुजरात टाइटन्सको समान १० अंक छ। तर, रनरेटका आधरमा गुजरात शीर्ष स्थानमा छ। तथापि, गुजरातले एक खेल कम खेलेको छ। पराजित लखनउ ८ अंकका साथ चौथो स्थानमा छ। समान आठ अंक जोडेको राजस्थान रोयल्स तेस्रो र सनराइजर्स हैदरावाद चौथो स्थानमा छ। 

मुम्बईको डा. डीवाई पाटिल स्पोर्टस एकेडेमीको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो। १८२ रनको लक्ष्य पछ्याएको लखनउले आठ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो। 

बैंगलोरका कप्तान डुप्लेसिसले ६४ बलमा ११ चौका र दुई छक्कासहित ९६ रन बनाएका हुन्। डुप्लेसिसबाहेक शाहबाज अहमदले २६, ग्लेन म्याक्सवेलले २३ र सुयश प्रभुदेसाईले १० रन बनाए । दिनेश कार्थिक १३ रनमा अविजित रहे। 

लखनउका दुशमन्था चमीरा र जसोन होल्डरले समान दुई विकेट लिए भने क्रुनाल पाण्डेयको नाममा एक विकेट रह्यो। १८२ रनको लक्ष्य पछ्याएको लखनउका लागि क्रुनाल पाण्डेयले सबैभन्दा धेरै ४२ रन बनाए। कप्तान केएल राहुलले ३०, मार्कुस स्टोइनिसले २४, होल्डरले १६ तथा आयुश बादोनी र दीपक हुडाले समान १३ रन बनाए। 

हाज्लेउडले चार ओभरमा २५ रन दिएर चार विकेट लिए। हर्शल पटेलले दुई विकेट लिँदा म्याक्सवेल र मोहम्मद सिराजले एक एक विकेट लिए।आईपीएलमा आज दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदै छ। दिल्लीको टिममा कोभिड–१९ संक्रमित भेटिएपछि पुणेमा हुने भनिएको खेल मुम्बईमै गर्न लागिएको हो। आजको खेल सम्भव नभएमा आईपीएलले खेल तालिका परिवर्तन पनि गर्ने सक्ने बताइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×