फिफा विश्वकपः स्वीजरल्याण्डमाथि जित निकाल्दै ब्राजिल नकआउट चरणमा

काठमाडौँ - फिफा विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा ब्राजिलले स्वीजरल्याण्डलाई हराएको छ। स्टेडियम ९७४ मा स्पम्पन्न समूह 'जी'को खेलमा ब्राजिलले स्वीजरल्याण्डमाथि १-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ब्राजिललाई जित दिलाउन कासेमिरोले निर्णायक गोल गरेका थिए। खेलअवधि भर पकड जमाएको ब्राजिलका लागि कासेमिरोले खेलको ८३ औं मिनेटमा रोड्रिगोको पासमा गरेको गोल निर्णायक गोल बन्यो। त्यसअघि भिनिसियस जुनियरको गोललाई रेफ्रीले भिएआरको सहायतामा अफसाइड घोषित गरेका थिए।

यो सँगै समूह चरणमा लगातार दोस्रो जित निकालेको ब्राजिलले अन्तिम १६ मा स्थान बनाएको छ। ६ अंक जोडेर ब्राजिल समूह 'जी' को शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको स्वीजरल्याण्ड दोस्रो स्थानमा रहेको छ। समान १ अंक जोडेका क्यामरुन र सर्बिया तेस्रो र चौथो स्थानमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×