दिपेश वैद्यको नयाँ गीत ‘कथा’ सार्वजनीक

काठमाडौँ - कलाकार दिपेश वैद्यको नयाँ गीत ‘कथा’ सार्वजनीक भएको छ। विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका वैद्यले आफ्नो नयाँ कोसेली दर्शकमाझ पस्किएका छन्। यस गीतमा शब्द संगीत पनि उनी आफैले गरेका छन्। यस गीतको एरेञ्ज एनडी राईले गरेका छन्।

कथा नामक गितमा जुलेन ओझा, ग्रिस्मा ताम्राकारको अभिनय रहेको छ। ‘कथा’ मा एक युगल जोडीको बिछोडको कथालाई प्रस्तुत गर्न खोजिएको छ।

यस अगाडि पनि वैद्यले चौबन्दी, बाबा, संस्कृति, गोर्खाली जस्ता आधा दर्जन भन्दा बढी गीत गाइसकेका छन्। वैद्यको कथा दिपेश वैद्य युट्टुब च्यानलमार्फत सार्वजनीक गरिएको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×