मेक्सिकोमा एकै घरका आठ परिवारको हत्या

काठमाडौँ - मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
 
सोमबार सो हत्या भएको थियो। मारिएकामा छ जना महिला र दुई पुरुष छन्। त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ।अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन्। हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ। गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×