लैंगिक अल्पसंख्यकसँग सुहानाले मागिन् माफी

काठमाडौँ- पछिल्ला तीन श्रृंखलामा लैंगिक अल्पसंख्यकलाई मजाकको विषय बनाएको प्रति अभिनेत्री सुहाना थापाले माफी मागेकी छिन्। उनले इन्स्टाग्राम र फेसबुक स्टोरीमा लैंगिक अल्पसंख्यकलाई लामो पत्र लेख्दै ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ मा लैंगिक अल्पसंख्यकलाई मजाकको विषय बनाउने आफूहरूको उद्देश्य नभएको र अनजानमा त्यस्तो हुन गएकोमा माफी मागेकी छिन्। 

‘लैंगिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहन्छु। लैंगिक अल्पसंख्यक शिव पार्वतीको रुप हो भन्ने हाम्रो विश्वास भएको कारण पनि हामीले फिल्ममा यस्ता चरित्रलाई स्थान दिँदै आएका हौं। यो कुरामा हामी चुकेका छौं। तर आगामी दिनमा सच्याउने छौं,' उनले लेखेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×