काठमाडौँ- भ्रमणकारी टोली जिम्बावे ‘ए’ले तेस्रो तथा अन्तिम टी२० अभ्यास खेलमा नेपाललाई १३७ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको हो।
जिम्बावेका लागि रोय काइयाले सर्वाधिक ४९ रन बनाए। उनले ४१ बलमा ७ चौका प्रहार गरे। यता, तादिवानाशे मारुमनीले ३० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाएका थिए।
ल्यूक जोङ्गवेले अविजित २३ रन बनाउँदा इनोसेन्ट काइयाले १४ रन बनाए। जिम्बावेका अन्य ब्याटरले भने सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्। नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले १/१ विकेट लिए।