काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछ।
आजको पहिलो खेलमा बेलुका सवा ५ बजेबाट टाेटनह्याम र उल्भ्स खेल्दैछन्। टाेटनह्यामले २ खेलमा ४ अंक जोडेको छ। उल्भ्सको २ खेलमा १ अंक रहेकोछ।
अर्को खेलमा बेलुका पाैने ८ बजेबाट लेस्टर सिटी र साउथह्याम्पटन, क्रिस्टल प्यालेस र एस्टन भिल्ला, नटिङह्याम फरेस्ट र एभर्टन तथा फुलह्याम र ब्रेन्टफोर्ड खेल्दैछन्। त्यस्तै आज राति सवा १० बजे आर्सनल र बर्नमाउथबीच खेल हुनेछ।
अंकतालिकामा २ खेलमा ६ अंक जोडेको आर्सनल दोस्रो र समान खेलमा ६ अंक नै रहेको म्यानचेस्टर सिटी गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ।