लेवान्डोस्कीको ६ सय गोल पुरा

काठमाडौँ - रोबर्ट लेवान्डोस्कीले आफ्नो करियरको ६ सयौँ गोल पुरा गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लेरियालमाथि सहज जीत हासिल गरेको छ। बिहीबार राति भएको खेलमा २ गोल गरेसँगै लेवान्डोस्कीको गोल सङ्ख्या ६ सय १ पुगेको हो।

सन् २००० पछि ६ सय गोल गर्ने उनी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि मात्र तेस्रो खेलाडी हुन्। बार्साका लागि उनले १४ खेलमा १६ गोल गरिसकेका छन् भने उनले बायर्न म्युनिखका लागि ३७५ खेलमा ३४४ गोल गरेका थिए।

त्यस्तै बोरुसिया डर्टमण्डका लागि १८६ खेलमा १०३ गोल गरेका थिए। जर्मनी आउन अघि उनले जिस्क प्रस्काउका लागि २१ र लेच पोजनानका लागि ४१ गोल गरेका थिए। पोल्याण्डको राष्ट्रिय टोलीका लागि उनले १३४ खेलमा ७६ गोल गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×