कोरोनाको कारण रोकिएको ‘डिसेम्बर फल्स’ को फेरि सुटिङ सुरु

काठमाडौँ - फिल्म ‘डिसेम्बर फल्स’ को छायांकन फेरि सुरु भएको छ। कोरोनाको पहिलो चरणको लकडाउनपछि छायांकन सुरु भएको फिल्म दोस्रो लकडाउनका कारण रोकिएको थियो। त्यसपछि छायांकन हुन नसकेको फिल्म अब पूरा गर्ने गरेर सुरु भएको हो।

आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्मका निर्देशक प्रवीण झा हुन्। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल रहेका छन्। राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, नरेश भट्टराई लगायतका कलाकारले अभिनय रहनेछ।

बिपीका खनालको कथा, केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको अधिकांश दृश्य पोखरामा आसपासमा खिचिएको छ। श्रीराम बलाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्ने फिल्म डिसेम्बर महिनाभित्र प्रदर्शन गर्ने तयारी भइरहेको कार्यकारी निर्माता रिजालले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×