‘आरआरआर’को नयाँ प्रदर्शन मिति घोषणा गरियो

भारत। बहुप्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। यसअघि जनवरी ७मा प्रदर्शनमा आउने भनिएको चलचित्रको  दुईवटा प्रदर्शन मिती घोषणा गरिएको छ। 

निर्माणपक्षले शुक्रबार सो घोषणा गरेको हो। भारतमा कोरोना संक्रमण सामान्य भएर सिनेमाघर खुलेमा चलचित्र मार्च १८ मा प्रदर्शनमा आउनेछ। तर, सोबेला सिनेमाघर नखुलेको खण्डमा चलचित्र अप्रिल २८ मा रिलिज गर्ने घोषणा गरिएको छ। एसएस राजामौलीको निर्देशनमा तयार भएको चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट आदि कलाकारहरुको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×