काठमाण्डाैँ - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन्।
खेल मुम्बईमा बेलुका पौने आठ बजेबाट सुरु हुनेछ। गुजरात अङ्क तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई पुछारमा छ। गुजरातले १० खेलमा ८ मा जितसहित १६ अङ्क जोडेको छ। मुम्बईले ९ खेलमा एउटा मात्रै जित निकालेको छ। उसको दुई अङ्क मात्रै छ।