रूसमा थपिए ३३,८६० कोभिड–१९ का घटना

एजेन्सी। रुसमा पछिल्लो २४ घण्टामा ३३,८६० नयाँ कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। योसँगै सङ्क्रमितको कूल सङ्ख्या ९६,०४,२३३ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जनाएको छ।

त्यसैगरी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १,२०९ थपिएको छ र कूल सङ्ख्या २,७३,९६४  पुगेको छ। सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २७,७०० थपिएको छ र कूल ८२,९५,८११ पुगेको छ। 

कोभिड–१९ सङ्क्रमणबाट मृत्युदर २.८५ प्रतिशत रहेको केन्द्रले जनाएको छ। यसैबीच रूसको सबैभन्दा बढी प्रभावित क्षेत्र मस्कोमा ३,४३४ नयाँ घटनाहरू दर्ता भएका छन्। यहाँ सङ्क्रमितको कूल सङ्ख्या १९,४३,९२९ पुगेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×