प्रशिक्षक कोन्टे टोटेनहममै रहने

काठमाडौँ - एन्टोनियो कोन्टे आगामी सिजनका लागि समेत इंग्लीस प्रिमियर लिग टिम टोटेनहमको प्रशिक्षक रहने भएका छन्। टोटेनहम च्याम्पियन्स लिगका लागि छनोट भएपछि इटालियन नागरिक एन्टोनियो टोटेनहममै रहने विषयमा शंका उत्पन्न भएको थियो।

तर क्लब मालिकले क्लबको सुधारका लागि कोन्टेको माग पुरा गर्न १ सय ५० मिलियन पाउण्ड खर्चिने भएपछि उक्त आशंकाको अन्त्य भएको छ। यसका साथै कोन्टेले इटलीमा फुटबल निर्देशक फावियो पारासिटीसँगको छलफलका क्रममा आफू क्लबको जिम्मेवारीका लागि प्रतिवद्ध रहेको बताएका छन्। 

५२ वर्षीय कोन्टेको टोटेनहमसँगको सम्झौता सन् २०२३ मा सकिदैछ। तर, उनले त्यसपछि सम्झौता नविकरण गर्ने वा नगर्ने भन्ने अझै टुंगो लागेको छैन्। कोन्टे गत वर्ष नोभेम्बरमा टोटेनहमको प्रशिक्षक नियुक्त भएका थिए। उनले क्लबलाई प्रिमियर लिगमा चौंथो स्थानमा पुर्याएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×