टी-२० विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डलाई हरायो

काठमाडौँ - अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी-२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध आयरल्याण्ड ५ रनले विजयी भएको छ। ऊ डकवर्थ लुइस पद्धतिको आधारमा विजयी भएको हो। १४.३ ओभरको अवस्थामा वर्षा बाधक बनेपछि आयरल्याण्डलाई विजेता घोषणा गरिएको हो।

आयरल्याण्डले टी-२० विश्वकपमा पहिलोपटक इंग्ल्याण्डलाई हराएकाे हो। बुधबार भएकाे पहिलाे खेलमा आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १४.३ ओभरमा ५ विकेट गुमाएर १ सय ५ रन बनायो।

उसका लागि डेविड मलानले ३५, मोइन अलीले अविजित २४ र ह्यारी ब्रुकले १८ रन जोडेका थिए। कप्तान जोश बटलर (०), एलेक्स हेल्स (७) र बेन स्टोक्स (६) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

आयरल्याण्डका लागि जोस लिटलले २, जर्ज डकरेल, ग्यारेथ डेल्नी, फिओन ह्यान्ड र ब्यारी म्याकार्थीले १/१ विकेट लिएका थिए। त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो। उसका लागि कप्तान एन्डी बलबर्नीले अर्धशतकीय पारी खेलेका थिए।

४७ बलको सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाएका थिए। टी-२० अन्तर्राष्ट्रियमा बलबर्नीको यो सातौँ अर्धशतकीय पारी हो। त्यस्तै, लोर्कान टकरले ३४, कर्टिस क्याम्फरले १७, पउल स्टर्लिङले १४ र ग्यारेथ डेलानीले १२ रन जोडेका थिए। इंग्ल्याण्डका लागि अलराउन्डर लियाम लिभिङस्टोनले उत्कृष्ट बलिङ गरेका थिए।

जारी विश्वकपमा आयरल्याण्डको यो पहिलो जित हो। ऊ पहिलो खेलमा श्रीलंकाविरुद्ध ९ विकेटले पराजित भएको थियो। इंग्ल्याण्डको यो पहिलो हार हो। उसले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×