काठमाडौँ - अल्भारो मोराटाले २ गोल गरेपछि एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा गेटाफेलाई ३-० ले हराएर शानदार सुरुवात गरेको छ।
अर्को गोल एन्टोनी ग्रीजमनले गरेका थिए। तीन वटै गोलका लागि सहयोग गर्दै जाओ फेलिक्सले असिस्टमा ह्याट्रिक गरेका थिए।
गेटाफेको मैदानमा भएको खेलमा मोराटाले १५औं र ५९औं मिनेटमा गोल गरेका थिए। ग्रीजमनले ७५औं मिनेटमा गोल गरेका थिए। क्लिन सिटसहित जितपछि एट्लेटिको ३ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।