मलेसियामा व्यापक बाढी, ३५ हजारभन्दा बढी विस्थापित

काठमाडौँ । मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन्।

यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजारजना बाढीबाट विस्थापित भएका छन्। मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ। वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको हो। यहाँको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ। यसबाट यहाँका धेरैजसो नागरिकहरू प्रभावित भएका बताइएको छ। यहाँका करिब सातओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ। राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ। राजधानी क्वालालम्पुरको बाहिरी क्षेत्रका हजारौँ व्यक्ति विस्थपित हुन पुगेका पनि यहाँका अधिकारीहरूले जनाएका छन्।मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ।

नागरिकहरूलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×