काठमाडौँ । सर्वोच्च अदालतको गत बिहीबारको फुलकोर्ट बैठकको निर्णयअनुसार गोलाप्रथा प्रणालीमा जानका लागि यतिबेला राजपत्रमा सूचना प्रकाशन गर्ने तयारी भइरहेको छ।
गोलाप्रथाबाट पेशी तोक्नका लागि सर्वोच्च अदालत नियमावली र निर्देशिका संशोधन गरिएको हो। नियमावली र निर्देशिका संशोधनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि मात्र प्रणाली कार्यान्वयन हुने हुँदा सोमबारदेखि मात्र सो प्रणाली लागू हुने अनुमान गरिएको छ। आइतबारदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोक्न शुरू हुने बताइएको भए पनि राजपत्रमा सूचना प्रकाशन नभएपछि आजैदेखि गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया शुरू हुन नसकेको जनाइएको छ।
राजपत्रमा आज आइतबार सूचना प्रकाशन भएमा भोलि सोमबारदेखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुने बताइएको छ।