समझदारी बनाएर चुनावमा जान आफ्नो दल मातहतका निकायलाई गठबन्धनले निर्देशन दिने

काठमाडौँ - सत्ता गठबन्धनले केन्द्रमा कुरा मिलाउन सकेपनि धेरैजसो पालिका र तल्लो इकाईसम्म कुरा मिलाउन सकेका छैनन्। कतिपय पालिकाहरुमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु एउटै पदमा धेरै उम्मेदवार छन्। यसले गठबन्धन भएपछि चुनावमा धक्का पुग्न सक्ने आँकलनहरु भएका छन्।

देशभर माथि देखि तलसम्म गठबन्धन कसिलो बनाएर चुनावमा जाने प्रयास नभएका होइनन्। तर, कार्यकर्ताको दबाबले दलहरुले यसमा सफलता हासिल गरेनन्। यसकारण कतिपय पालिकाहरुमा समस्या देखिएको छ।

आज सत्ता गठबन्धनको बैठक बसी स्थानीय तहको चुनावमा समझदारी बनाएर चुनावमा जान आफ्नो दल मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेका छन्। जस अनुसार पाँच दलीय गठबन्धनमा समझदारी भएको तर त्यस अनुरुप उम्मेदवारी फिर्ता नलिएको भए समझदारी अनुरुप कार्य गर्न गराउन आ आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने भनिएको छ।

अब उम्मेदवारी फिर्ता नलिएको स्थानहरुमा उम्मेदवार नभएको घोषणा गरी समझदारी अनुसार साझा उम्मेदवारलाई साथ दिनुपर्नेछ।

गठबन्धनभित्रै घात अन्तर्घातको सम्भावना बढ्दै गएपछि गठबन्धनको संयन्त्रको बैठक बसेर कडा निर्णय लिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×