अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा

काठमाडौँ - गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक बिग्रँदो अवस्थामा पुगेका छन्। आर्थिक वर्ष २०७८/७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँ ले घाटामा रहेको छ। अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालू खाता १ वर्षमा ५ अर्ब १७ करोडले घाटामा पुगेको छ। गत आर्थिक वर्षको १२ महिनामा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ।

निर्यातआयात अनुपात १० दशमलव ४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत मात्र रहेको थियो। नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको बढोत्तरीका कारण व्यापार घाटा बढेको हो।

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति १ वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ।

आयातबाट विदेशी मुद्रा बाहिरिने बढी र विदेशी मुद्राभित्रिने क्रममा कमी भएका कारण शोधानान्तर घाटा भएको हो। राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×