प्रचण्ड र प्रधानमन्त्री देउवाबिच बालुवाटारमा भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयले उनीहरु बिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइ रहेको जानकारी दिएको छ।

सचिवालयका अनुसार उक्त भेटवार्तामा निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि सिफारिस गरेको मितिमा नै निर्वाचन मिति तोक्ने तयारीमा प्रधानमन्त्री रहेका छन्। आयोगले जेष्ठ ४ गतेको मिति सिफारिस गरेको छ। अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुनेछ।

यसै गरी पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठवन्धन दलहरुबिचमा मतभेद श्रीजना भएको छ। प्रधानमन्त्री यस विषयमा पनि निकास खोज्न लागि परेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×