काठमाडौँ। अभिनेत्री तथा कार्यक्रम सञ्चालक रेश्मा घिमिरेले गतवर्ष प्रेमी प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी थिइन्। अघिल्लो मंसिर १८ गते जोडीले टीकाटालो गरेका हुन्। प्रभात अमेरिका बसेर चिकित्सा विज्ञान पढिरहेका छन्। खबरका अनुसार उनीहरुको विवाह बिराटनगरमा मंसिर १४ गते हुने तय भएको छ। रेश्मा अहिले गायन रियालिटी शो 'नेपाल आइडल'को नयाँ सिजन संचालन गरिरहेकी छिन्। पारिवारिक सहमतीमा वैवाहिक बन्धनमा बाधिन लागेको जोडीको भेट ३ वर्ष अघि भएको थियो।