२६ वर्षीया गर्भवतीको हवाई उद्धार; मृत शिशुको जन्म

काठमाडौँ । खोटाङको डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि २६ वर्षीया गर्भवतीको हवाई उद्धार गरिएको छ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईलाई शनिबार हवाई उद्धार गरी राजधानी ल्याइएको  हो। उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि डिकुवास्थित स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको हो। काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नवजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिए। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए।  

आर्थिक वर्ष २०७५/०७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×