काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई पेसा बनाएसम्म अहिलेको अवस्था कायम रहने बताएका छन्।
चितवनमा आयोजित नेकपा एमालेको १०औं महाधिवेशनको उद्द्धाटन सभालाई सम्बोधन गर्दै केसीले विश्वमा वाम आन्दोलन सकिँदै गएको बताए। उनले देशभित्रको समस्यामा वाह्य शक्तिलाई सबै कुरा भनेका कारण उनीहरुले हेपेको टिप्पणी गरे। ‘अहिले देखिएको अराजकता हामी नेताका कारण भएको हो भनेर स्वीकार गर्नु पर्यो,’ उनले भने, ‘हामी राजनीतिक दल नसुध्रिएसम्म हुँदैन। राजनीतिलाई पेशा बनाएसम्म यस्तै भइरहन्छ।’
विश्वमा वाम आन्दोलन सकिँदै गइरहँदा नेपालमा रहे पनि यहाँ एक–अर्कालाई खुइल्याउने काम मात्रै भइरहेको केसीले टिप्पणी गरेका छन्।