खेलाडी कल्याणकारी कोषले गर्‍यो ६ खेलाडीलाई साढे ५ लाख सहयोग

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइरहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलवार आर्थिक सहयोग प्रदान गरेको छ। ६ खेलाडीलाई ५ लाख ५६ हजार ८४३ रूपैयाँ हस्तान्तरण गरिएको हो।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रूपैयाँ प्रदान गरिएको छ। भलिबलकी रिया कुँवरले ६३ हजार ९२९, आईटीएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार ९१४, करातेकी कोपिला विष्टले ७५ हजार र ब्याडमिन्टनकी सिमा राजवंशीले ८० हजार प्राप्त गरेका छन्। 

केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सीमा र कोपिलालाई घुँडामा चोट तथा दीपकलाई काँधको समस्या छ।

कोषका अध्यक्षसमेत रहेका राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। कोषका सदस्य–सचिवसमेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×