बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठलाई मातृशोक

काठमाडौँ - बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई मातृशोक परेको छ। काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख)का बाट निर्वाचित मन्त्री श्रेष्ठको ७९ वर्षीया आमा रुपा श्रेष्ठको आज बिहान निधन भएको हो। 

लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित श्रेष्ठको आज बिहान ७ बजे उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल थापाथलीमा निधन भएको मन्त्री श्रेष्ठले जानकारी दिए। 

काठमाडौँ महानगरपालिका–१० निवासी स्व रुपाको श्रीमान्, दुई छोरा र चार छोरी छन्। मन्त्री श्रेष्ठ स्व रुपाको कान्छो छोरा हुन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×