सशस्त्र प्रहरीद्वारा सामानसहित ट्रक नियन्त्रणमा

पर्सा - पर्साको  वीरगञ्जबाट सशस्त्र प्रहरीको टोलीको करिब रु ६२ लाख मूल्य बराबरको विभिन्न अवैध मालसामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।  बिना प्रज्ञापनपत्रको मोबिल, कपडा र अन्य खुद्रा सामग्री बोकेको ना६ख ४४७४ नंको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए। 

विशेष सूचनाका आधारमा  सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साको टोलीले नियन्त्रणमा लिएको ट्रक अनुसन्धान तथा थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×