विहेको ४ दिनअघि सुटिङको क्रममा बेहोस् भए अभिनेता नागा शौर्या

काठमाडौँ - दक्षिण भारतका चर्चित अभिनेता नागा शौर्याले नोभेम्बर २० मा विवाह गर्दैछन्। विवाहको ४ दिनअघि उनी अचानक बेहोस भएपछि फ्यानहरूमा तनाब बढाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

फिल्मको सुटिङको क्रममा अचानक स्वास्थ्य बिग्रिएपछि नागा शौर्य सेटमै बेहोस भएको बताइएको छ। नागा एनएस २४ को सुटिङमा व्यस्त थिए। यही क्रममा सेटमा उनको स्वास्थ्य अचानक बिग्रिएको बताइएको छ।

उनको स्वास्थ्य यति बिग्रियो कि उनी त्यहीँ बेहोस भए। यसपछि उनलाई अस्पताल लगिएको थियो।

नागा आफ्नो फिल्ममा हाई ओक्टेन एक्सन गर्दै देखिनेछन्।  

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×