प्रदिप र दिया अभिनित फिल्म ‘प्रकाश’को टिजर सार्वजनिक

काठमाडौँ - अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘प्रकाश’ को टिजर सार्वजनिक भएको छ। सधैँ प्रेमकथाका फिल्ममा रोमान्टिक अवतारमा देखिँदै आएका प्रदीपलाई ‘प्रकाश’मा भिन्न अवतारमा देख्न सकिन्छ। जसको केही झलक टिजरमा समेत समेटिएको छ।

टिजरमा प्रदीप जुम्लाको अति विपन्न युवकको भूमिकामा प्रस्तुत भएका छन्। पिताको पर्खाइमा रहेको छोरा र उसको गाउँको स्कुलमा शिक्षक बन्ने सपनालाई टिजरमा देखिएको छ। 

फिल्म दिनेश राउतले निर्देशन गरेका हुन्। ‘प्रसाद’ बाट तारिफ बटुलेका राउतले यो फिल्ममा समाजभित्रको गहन मुद्दालाई उठाउने आँट देखाएका छन्। १० भदौबाट प्रदर्शनमा आउने फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।

प्रदीप र दियाको अलावा फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ। फिल्ममा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×