हिमालयन बैंक र इन्भेष्टमेन्टबिचको मर्जर प्रक्रिया विफल, राष्ट्र बैंकले हिमालयनलाई कारवाही गर्न सक्ने

काठमाडौँ । नौ महिना अघि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबिच मर्जर प्रक्रियामा सम्झौता भएता पनि अहिले उक्त मर्जर प्रक्रिया रोकिएको छ । 

संचालकहरुबीच भनाभन भएका कारण उक्त प्रक्रिया रोकिएको हो । हिमालयन बैंकको आज बसेको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको जानकारी दिइएको थियो । शुक्रबारको हिमालयन बैंक सञ्चालक समितिको  बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव अस्वीकृत गरेसँगै दुई बैंकको मर्जर प्रक्रिया असफल भएको हो । कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष हुँदा गत वैशाखमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । तर हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ पक्षका सेयरधनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जर विफल भएको बताइएको छ । करिब ४० प्रतिशत सेयर हिस्सा ओगटेको संस्थापक सेयरधनीहरू नै मर्जरको विपक्षमा मत हालेपछि मर्जरमा जान चाहेका सेयर धनीबीच केही बेर भनाभनसमेत भएको थियो ।

मर्जर प्रस्ताव अस्वीकृत भएको भन्ने सुनिने बित्तिकै त्यस्तो भएमा विनियमावली अनुसार केन्द्रीय बैंक अगाडि बढ्ने राष्ट्र बैंकको प्रावधान छ । मर्जर सम्बन्धी विनियमावली अनुसार राष्ट्र बैंकले हिमालयन बैंकलाई तीन वर्षसम्म थप शाखा खोल्न नदिनेसहित केन्द्रीय बैंकबाट प्रदान हुने सेवा सुविधा प्राप्त गर्न वा दुवैमा रोक लगाउन सक्नेछ । बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विविध व्यवस्थामा कारबाही सम्बन्धी व्यवस्था समेत गरिएको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×