झापा गोल्डकप : त्रिभुवन आर्मी क्लब विजयी

झापा - झापा गोल्ड कपको आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ । भारत दार्जिलिङको एमएफसी क्लबलाई ३–० ले पराजित गर्दै विजयी बनेको आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ। आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक-एक गोल गरेका थिए भने खेलको १०औँ मिनेटमा विकास तामाङको प्रहार गोलमा परिणत भयो। त्यस्तै, ३५ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल थपेका थिए।

उनले २३ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो। त्यसैगरी, खेलको ६८ औँ मिनेटमा आर्मीका विकास तामाङ अर्को गोल थपेर जित सुनिश्चित गरेका थिए। आजको खेलको प्लेयर अफ दि म्याच आर्मीका सन्तोष तामाङ भए। उनले नगद रु नौ हजार ९९९ नगद प्राप्त गरेका छन्। बिहीबारको खेल घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले रु छ लाख पाँच हजार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ। सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ। उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डफेन्डरले नगद रु २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×