रोबर्टो फिर्मिनो अनुबन्धको तयारी गर्दै युभेन्ट्स

काठमाडौँ - इटालियन क्लब युभेन्ट्सले ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिनो अनुबन्धको तयारी गरेको छ।

युभेन्ट्सले उनका लागि इंग्लिस क्लब लिभरपुल समक्ष प्रस्ताव पेश गरेको टुत्टोस्पोर्ट्सले जनाएको छ।

युभेन्ट्सले फिर्मिनो अनुबन्धका लागि २३ मिलियन युरोको प्रस्ताव गरेको र लिभरपुलले यो प्रस्तावलाई छलफल गरिरहेको छ। फिर्मिनो २०१५ मा जर्मन क्लब होफेनहाइमबाट एनफिल्ड पुगेका थिए। लिभरपुलसँग उनको सम्झौता आगामी सिजनसम्म रहेको छ।

३० वर्षीय फिर्मिन्होले लिभरपुलका लागि २३१ खेलमा ७१ गोल गरेका छन्। उनले ब्राजिलका लागि ५५ खेलमा १७ गोल गरेका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×