काठमाडौँ- चालू आर्थिक बर्ष २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ।
अर्थमन्त्रालयले विहीबार सार्वजनिक गरेको आ व २०७८/७९ अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा ९ अर्व ६९ करोड २४ लाख रूपियाँ खर्च भएको छ।
जसमध्ये सबैभन्दा बढी संघीय सरकारले सात अर्व ७४ करोड ५३ लाख खर्च गरेको छ। सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख खर्च भएको छ भने स्थानीय तहबाट भने छ कराेड ६६ लाख खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। अघिल्लो आव २०७७/७८ मा कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका लागि संघ,प्रदेश र स्थानीय तहबाट १३ अर्व ३१ करोड ४३ लाख खर्च भएको अर्थ मन्त्रालयको जनाएको छ।